Saturday, July 30, 2011

कुनै छलकपटको चीसो योजना थाल्ने हो कि या कुनै झुप्रोहरुको छातीमा सर्दी हाल्न हो ? शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि या कुनै गुराँसको कलकलाउँदो थुँगा अठ्याउन हो ? आफ्ना केही सुकिला भारदार हिमालहरु लस्करै राखेर सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ पहाडै पहाड घुइँचो घारीमा सबैभन्दा माथि उछिट्टिएर फक्रेको हिमालको थुंगा उदांगै देखिन्छ जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ ! प्रायः कुनै आरोहण दलको पाइतालाले शीरमा टेकेको देखिन्छ कहिले कुनै कुनै अराइएका चित्रकारहरुले एकटुक्रा क्यानभासमा लेखेको देखिन्छ बादलको थोत्रे बक्खु पनि फाटिसकेका गौरवको बिचरो चुचुरो ह्वाङ्गै देखिन्छ जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ ।
people says that love is life but i never have sweetness test of life.
Kismat Rana#

मेरो नेपाल